राजनीति


सुदूरपश्‍चिममा मन्त्रिपरिषद् पुनर्गठन, दुई मन्त्रीसहित सरकारमा कांग्रेस

समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्रीको राजीनामा
सुदूरपश्‍चिममा मन्त्रिपरिषद् पुनर्गठन, दुई मन्त्रीसहित सरकारमा कांग्रेस

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०७८ शुक्रबार १८:४५, कञ्चनपुर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा जाने भएको छ। शुक्रबार हुन लागेको मन्त्रिपरिषद हेरफेर अनुसार कांग्रेस सरकारमा जान लागेको हो। 

सत्तारुढ पाँच दलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिम सरकार पुनर्गठन हुन लागेको हो। गठबन्धनको निर्णयअनुसार प्रतिपक्षी कांग्रेस सरकारमा जान लागेको हो।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन्। 

नयाँ मन्त्रीहरुले शुक्रबारै सपथ लिने भएका छन्। मंगलबारको गठबन्धन बैठकमा सरकारमा कांग्रेसलाई सहभागी गराउन सहमति भएको थियो। 

समाजवादीबाट मन्त्री रहेकी जोशीले सरकारमा हेरफेर हुन लागेपछि आफूसहित तीन मन्त्रीले राजीनामा दिने निर्णय लिएको जानकारी दिएकी छन्। 

यसअघि सामाजिक विकास मन्त्रालयमा एकीकृत समाजवादीका लाबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकास राज्यमन्त्रीमा समाजवादीकै मना कुमारी साउँद थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad