राजनीति


लुम्बिनी गठबन्धनको दोस्रो बैठकमा एकीकृत समाजवादी सहभागी

लुम्बिनी गठबन्धनको दोस्रो बैठकमा एकीकृत समाजवादी सहभागी

सुदीप भण्डारी
चैत २५, २०७८ शुक्रबार १५:४३, बुटवल

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको दोस्रो बैठकमा नेकपा एकीकृत समाजवादी सामेल भएको छ। 

बिहीबार साँझ मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकक्षमा गठबन्धनको बैठक बसेको हो। बैठकमा एकीकृत समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी पनि सहभागी थिए।

त्यसअघि बुधबार बसेको गठबन्धनको पहिलो बैठकमा एकीकृत समाजवादीका नेता सहभागी नहुँदा गठबन्धन अलग भएको चर्चा चलेको थियो। निर्णयमा समेत ४ दलका नेताको मात्र हस्ताक्षर थियो। बिहीबार साँझको बैठकपछि जारी विज्ञप्तिमा चौधरीको पनि हस्ताक्षर छ। 

पाँच दलीय गठबन्धनको बैठकले चैत २६ गतेसम्म स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन जिल्लालाई निर्देशन गरेको छ। चुनावी कार्ययोजना सहित २७ गते अर्को बैठक बस्ने निर्णय भएको ५ दलका नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने, निर्वाचन योजना निर्माण गर्ने निर्णयमा उल्लेख छ।

गठबन्धनको बैठकमा माओवादी केन्द्रबाट मुख्यमन्त्री केसीसहित, प्रदेश इन्चार्ज चक्रपाणि खनाल, प्रदेश अध्यक्ष सुदर्शन बराल, कांग्रेसका प्रदेश सभापति अमर पुन, नेता भरतकुमार शाह, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोक यादव, सांसद सहश्रराम यादव, राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .