प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पुगेका छन्।
शुक्रबार तीन दिने भारत भ्रमणका लागि पुगेका उनी अपरान्ह भाजपा मुख्यालयमा पुगेका हुन्।
भाजपासँग नेपाली कांग्रेसको सम्बन्ध विस्तारका लागि देउवा त्यहाँ पुगेका हुन्।
देउवालाई भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुले कार्यालयमा स्वागत गरेका छन्। भाजपा मुख्यालयमा नड्डासहित पार्टीका विभिन्न नेता पनि सहभागी छन्।
Nepal Prime Minister @SherBDeuba at BJP HQ in Delhi pic.twitter.com/ZrlpCIFMVH
— Saloni Murarka (@murarka_saloni) April 1, 2022
147
Shares
प्रतिक्रिया