ad ad

राजनीति


ऐतिहासिक सैन्य अभ्यासपछि अमेरिका–भारत झन् नजिक

ऐतिहासिक सैन्य अभ्यासपछि अमेरिका–भारत झन् नजिक

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १०:०,

बिहीबार भारत र अमेरिकाको पहिलो जमिन, समुन्द्र र हवाई संयुक्त सैन्य अभ्यास सम्पन्न भएको हो।

इतिहासमै पहिलोपटक दुवै राष्ट्रले ‘टाइगर ट्राएम्फ’ नाम दिइएको ठूलो संयुक्त सैन्य अभ्यास बंगालको खाडीमा सम्पन्न गरेका हुन्।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाउँदै जाँदा अमेरिका र भारतबीच सैन्य अभ्यास भएको हो।

भारतीय हेलिकप्टरहरु अमेरिकी युद्धपोतमा अवतरण गरेपछि यसले अमेरिका र भारत एसियाका शक्ति साझेदार भएको संकेत गरेको विश्लेषकहरु बताउँछन्।

Image result for india us army in bay of bengal

सैन्य अभ्यासमा १२ सय भारतीय सेना, पानी जहाज, हवाई लडाकुहरु समावेश थिए। अमेरिकाको तर्फबाट ५ सय सेनाहरु सहभागी थिए। उनीहरुले ९ दिनसँगै सैन्य अभ्यास गरे।

एसियामा चीनको प्रभाव बढ्दै जाँदा अमेरिका र भारतले मिल्दोजुल्दो रणनीतिक लक्ष्य बनाएका छन्।

यद्यपी भारतले रुससँग हतियारहरु किन्ने निर्णय गरेपछि अमेरिका र भारतबीचको सम्बन्ध केही चिसिएको अनुमान गरिएको थियो।

संयुक्त सैन्य अभ्यासपछि अमेरिका र भारत फेरि नजिकिएको विश्लेषण गरिएको छ।

भारतका लागि अमेरिकी राजदूत केननिथ जस्टर भन्छन्,‘अमेरिका र भारतबीचको सैन्य अभ्यासले दुवै राष्ट्रबीच उच्च तहको विश्वास र सँगै काम गर्ने सोच भएको पुष्टि गर्छ।’ न्युयोर्क टाइम्स

Related image

मोदी र ट्रम्प

Image result for india army in bay of bengal

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .