ad ad

राजनीति


सीमा विवाद चर्किरहेका बेला पोखरामा नेपाल– भारत सीमा सुरक्षा बैठक

सीमा विवाद  चर्किरहेका बेला पोखरामा नेपाल– भारत सीमा सुरक्षा बैठक

वाशुदेव मिश्र
मंसिर ४, २०७६ बुधबार १२:१,

सीमा विवाद चर्किरहेको बेला पोखरामा नेपाल–भारत सीमा सुरक्षा बैठक पोखरामा सुरु भएको छ।

बुधबारदेखि सुरु भएको सो बैठक तीन दिनसम्म चल्ने बताइएको छ। बैठकमा सीमा मिचिएको विषयले प्रवेश नपाउने बताइएको छ। बैठक सीमा सुरक्षाको बारे छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए।

उनका अनुसार पोखरामा भएको यो नियमित बैठकमा सीमामा हुने अपराध नियन्त्रण, विशेष अवस्थामा हुने काम कारबाहीमा समन्वय र पेशागत तालिमबारे छलफल भयो।

‘तीनदिने बैठकमा सूचना आदान–प्रदान, खुला सीमानाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भयो’, उनले भने,‘ खुला सीमाना हुँदा नेपालमा अपराध गरेर भारत पस्ने र भारतमा अपराध गर्नेहरु नेपाल पस्ने गरेको अवस्थामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सूचना आदानप्रदान प्रभावकारी बनाउने भन्ने कुरा भयो।’

बैठकमा भारतको तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का डिजीको नेतृत्वमा छ जना सहभागी छन् भने नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजी शैलेन्द्र खनालको नेतृृत्वमा गृह, परराष्ट्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका पदाधिकारी सहभागी छन्।

सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ। नेपाल–भारत सीमा सुरक्षा बैठक नियमित हुन सकिरहेको छैन। ०६९ सालयता जम्मा तीनपटक मात्रै नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो। त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो। २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो। बैठकमा चाडपर्वको बेलामा नागरिकको सुरक्षाको बारेमा पनि छलफल भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .