ad ad

राजनीति


देश बिगारेको कम्युनिस्टले होइन, कांग्रेसले होः दीपशिखा

देश बिगारेको कम्युनिस्टले होइन, कांग्रेसले होः दीपशिखा

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ११:३७,

राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले देश कम्युनिस्टले नभइ कांग्रेसले बिगारेको दावी गरेका छन्।

बुधबार धरान उपमहानगरपालिका मेयरका उम्मेदवार प्रकाश राईको चुनाव प्रचार अभियानलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले कांग्रैले २१ पर्ष शासन गर्दा देश पूरै खोक्रो बनाएको आरोप लगाए। ‘कांग्रेस ले २१ वर्ष शासन गर्दा देशलाई आर्थिक रुपमा पुरै खोक्रो बनायो’, उनले भने, ‘नेपालको सबैभन्दा पुराना बिराटनगर जुट मिल र बाँसबारी छाला जुत्ता कारखाना लगायत दर्जनौ उद्योग कलकारखाना हरु काङ्ग्रेस सरकार्कै पालामा टाट पल्टिए।’

उनले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देशको समृद्धिको यात्रामा लागेको बताउँदै नेकपाको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको बताए।

कार्यक्रममा अध्यक्ष सापकोटाले १५० युवालाई पार्टी प्रवेश गराएका थिए। कांग्रेस निकट तरुण दल परित्याग गरी मोहित पुन मगर र करुण लिम्बूको नेतृत्वमा १५० युवा नेकपा प्रवेश गरेका थिए।

नवप्रवेशी युवालाई फूल मालाले स्वागत गर्दै अध्यक्ष सापकोटाले युवाहरुले आफ्नो भविष्यको लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्ने बताए। ‘युवाहरुले यो देशको राजनीति, प्रशासन, कर्मचारीतन्त्र, प्रहरी संगठन, न्यायलय गलत भनेर असन्तुष्टि मात्र पोख्ने छुट छैन’, उनले भने, ‘अब सबै गलत भएको ठाउँ सच्याउने जिम्मा युवाहरुले लिनुपर्छ।’

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा अहिले पार्टी र जनवर्गीय संगठनका नेताहरु पुगेर चुनाव प्रचारप्रसारमा सहयोग पु¥याइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .