ad ad

राजनीति


ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङमुनि दूधको बाल्टी थापे जस्तै: राजेन्द्र लिङ्देन

ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङमुनि दूधको बाल्टी थापे जस्तै: राजेन्द्र लिङ्देन

नेपालखबर
चैत १०, २०७८ बिहिबार २२:४७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस,एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन्। 

बिहीवार गोरखा सदरमुकाममा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले ठूला दललाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् । 

‘३१ वर्षदेखि सीमित दल र तीनका नेताको चक्रव्यूहमा देशसँगै हामी पनि फसेका छौँ,’ उनले भने, ‘अबको चुनावमा पनि तिनैलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन भावी सन्ततिको भविष्य पनि बिग्रिन्छ।’ 

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङ्गदेनले टिप्पणी गरे। 

‘साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ? साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ? खान पुगेन भनेर दाना थपिदिँदा दुध आउँछ? साँढेको धर्म नै दूध दिने होइन कसरी आउँछ?', उनले भने,'त्यसैले ठूला भनिने दललाई भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो।’ 

ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको भन्दै उनले एमसीसी पास गर्नु गलत रहेको तर्क गरे। 

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा,प्रवास आइसीसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारी लगायत बोले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .