ad ad

राजनीति


मन्त्रिमण्डल पुनर्गठन भाेलि, सार्वजनिक कार्यक्रम नराख्न प्रधानमन्त्रीकाे सुझाव

मन्त्रिमण्डल पुनर्गठन भाेलि, सार्वजनिक कार्यक्रम नराख्न प्रधानमन्त्रीकाे सुझाव

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १४:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि (बुधबार) मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई भोलि नै मन्त्रिमन्डल पुनर्गठन हुन लागेको जानकारी गराउँदै मन्त्रीहरुलाई कुनै सार्वजनिक कार्यक्रम नराख्न समेत सुझाएका छन्।

प्रधानमन्त्रीले मन्त्रिरिषद् पुनर्गठन गर्ने सबैतिर चर्चा र अनुमान भइरहेका बेला मन्त्रिपरिषद् सदस्यहरुलाई सो जानकारी गराएका छन्। उनले मन्त्रीहरुलाई अहिलेसम्म सम्पादन गरेकाे कामका लागि धन्यवाद समेत दिएका छन्।

प्रधानमन्त्रीकाे भनाई उदृत गर्दै एक मन्त्रीले भने, 'भाेलि मन्त्रिमण्डलमा सानाेतिनाे हेरफेर हुँदैछ। कतिपय साथीहरु हट्नुहाेला, सार्वजनिक कार्यक्रम नराख्नुहाेस्। तपाईंहरुलाई असक्षम भनेर हटाउन खाेजेकाे हाेइन बाहिर पनि कतिपय सक्षम साथीहरु हुनुहुन्छ। उहाँहरुलाई पनि माैका दिनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .