प्रमुख सत्तारुढ नेपाली कांग्रेसले फागुन १५ गते संसदबाट पास भइसकेको अमेरिकी सहायता परियोजना एमसीसीबारे भ्रम फैल्याइएको भन्दै त्यसलाई चिर्न दस्तावेज नै तयार पारेको छ।
आइतवारदेखि सुरु स्थानीय तह निर्वाचन लक्षित देशव्यापी एक महिने अभियानका क्रममा कांग्रेस नेताहरुले पालिकासम्म पुगेर एमसीसीबारे कम्युनिष्टहरुले छरेको भ्रम चिर्ने भएका छन्।
कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थनमा व्याख्यात्मक घोषणासहित एमसीसी पास गरिए पनि अमेरिकी सेना आउने भन्दै अझै पनि कम्युनिष्टहरुले भ्रम छरिरहेको जनाएको छ।
कांग्रेसले तयार पारेको दस्तावेजमा संसदमा आफैंले एमसीसी दर्ता गराएर पनि प्रमुख प्रतिपक्षी एमाले मौन बसेको भन्दै उसको दोहोरो भूमिकाको पनि भण्डाफोर गर्ने जनाएको छ।
दस्तावेजमा कांग्रेसले २०७६ असार ३० गते संसदबाट अनुमोदनका लागि तत्कालीन नेकपा नेतृत्वको सरकारले नै दर्ता गरेको पनि जनाएको छ।
'संसदमा दर्ता भएसँगै एमसीसीलाई लिएर राजनीतिक सँगै अनेक कोणबाट विवाद भए। यसले जनतामा बहस र ध्रुवीकरण पनि ल्यायो', कांग्रेसले भनेको छ, 'अन्तत: केही साना दलबाहेक सबैजसो ठूला राजनीतिक दलहरु यो अनुमोदनको पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उभिएर ठीक ढंगले यसको पटाक्षेप भयो।'
कांग्रेसको उक्त दस्तावेजमा आफैंले सम्झौता गरेको एमसीसी कम्युनिष्टहरुले गिजोलेको पनि उल्लेख गरेको छ। 'तर एमसीसी सम्झौता प्रक्रिया पइ बिन्दुसम्म आइपुग्दाको यात्रा भने त्यति सहज हुन सकेन। एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न विशेष गरी कम्युनिष्ट पार्टीहरूको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिएर वास्तविक भन्दा जटिल बन्न पुग्यो', कांग्रेसले भनेको छ, 'ज-जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे, जुन दोहोरो चरित्र देखाए, यसको मूल्याङ्कन आमजनताले गर्ने नै छन्।'
एमसीसीलाई लिएर कांग्रेसविरुद्ध कम्युनिष्टहरुले भ्रम छरेको पनि दस्तावेजमा उल्लेख छ। 'राष्ट्रवादको नाममा जनतालाई क्षणिक स्वार्थ र उत्तेजनामा पुर्याएर नेपालको विकासको गतिलाई उल्टो दिशामा धकेल्ने प्रयत्न भएको छ जसरी नेपालमा कम्युनिष्ट पार्टी यस्तै उत्तेजनामा आएर २६ वर्ष अगाडि अरुण तेस्रो गुमाउनु परेको थियो', कांग्रेसले भनेको छ, 'उत्तेजना अनि भ्रमको राजनीति गर्ने यो प्रवृत्तिलाई यत्तिकै छाडियो भने फेरि जुरमुराउन थाल्छ। यो प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ।'
कांग्रेसले सरकारमा हुँदा एउटा पर प्रतिपक्षमा हुँदा अर्को धारणा राख्दै भ्रम र उत्तेजनाको राजनीतिक गर्ने प्रवृत्तिले राष्ट्रिय हित, परराष्ट्र नीति, अन्तराष्ट्रिय प्रतिवद्धता र कूटनीतिक साखलाई समेत कमजोर बनाउने उल्लेख गरेको छ।
के छ दस्तावेजमा?





































Shares

प्रतिक्रिया