ad ad

राजनीति


धनुषामा कोइराला र निधि समूह मिलेर देउवा पक्षलाई हराए

धनुषामा कोइराला र निधि समूह मिलेर देउवा पक्षलाई हराए

कांग्रेसका नवनिर्वाचित धनुषा जिल्ला सभापति योगेन्द्र पजियार।


शैलेन्द्र महतो
फागुन २८, २०७८ शनिबार ७:२४, जनकपुर

नेपाली कांग्रेस धनुषा जिल्ला सभापति पदमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार विजयी भएका छन्। 

दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६८९ मतान्तरले हराउँदै पजियार कांग्रेसको धनुषा जिल्ला सभापति बनेका हुन्। 

शुक्रबार भएको मतदानमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत ल्याए। 

दोस्रो चरणमा जम्मा २ हजार ८१४ मत खसेको थियो भने ३३ भोट बदर भयो। 

दोस्रो चरणको चुनावमा शेखर कोइराला पक्षले निधि पक्षका उम्मेदवार पजियारलाई समर्थन गरेको थियो। 

यसअघि सोमबार पहिलो चरणको चुनाव भएको थियो। जसमा पजियारले १ हजार २४८ मत पाएका थिए भने सन्तोषले ८८२ र कोइराला पक्षका दिनेशप्रसाद प्रसैलाले ६३० मत ल्याएका थिए। 

तर कांग्रेसको विधानबमोजिम कुनै उम्मेदवारले कूल मतको ५१ प्रतिशत कटाउन  नसकेपछि पुनः मतदान गरिएको हो। 

तीन उम्मेदवारमध्ये बढी मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा गराइएको हो भने तेस्रो स्थानमा रहेका कोइराला पक्षका उम्मेदवार दिनेशप्रसाद प्रसैला भने प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .