ad ad

राजनीति


आन्दोलनकारीबाट पसल तोडफोड गरिएका व्यवसायीलाई गृहमन्त्रीको फोन, क्षतिपुर्ति दिने आश्वासन

आन्दोलनकारीबाट पसल तोडफोड गरिएका व्यवसायीलाई गृहमन्त्रीको फोन, क्षतिपुर्ति दिने आश्वासन

नेपालखबर
फागुन १०, २०७८ मंगलबार २१:४४, काठमाडौँ

एमसीसीविरुद्धको आन्दोलनका क्रममा प्रहरी लुकाएको भन्दै आन्दोलनकारीले सटर तोडफोड गरेको बुद्धनगरस्थित बुटिकका सञ्चालक जानकी श्रेष्ठलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरेका छन्। 

मंगलबार गृहमन्त्री खाँणले फोन गरी पसलको अवस्थाबारे बुझेका थिए। साथै उनले तोडफोडबाट भएको क्षतिको क्षतिपुर्ति सरकारले दिने आश्वासन समेत दिएका गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। 

‘तपाईको साथमा सरकार छ’ गृहमन्त्रीले व्यवसायी श्रेष्ठसँग गरेको कुराकानी उदृत गर्दै भट्टराईले भने, ‘पसलमा के कति क्षति पुगेको छ, त्यसको सम्पूर्ण क्षतिपुर्ति सरकारले व्यहोर्छ।’

पसल तोडफोड भएपछि तनावमा रहेकी जानकीलाई आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदिप गिरीसहितको टोली पुगेर निरीक्षण गरेर क्षतिको जानकारी लिएका थिए।

जानकीले पुलिस भित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पछाडितर्फको गोदाममा लगेर लुकाएकी थिइन्। उनले ६ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .