प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्।
शनिबार बिहान प्रधानमन्त्री ओली ग्रान्डीमा नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै पुन: हेमाेडायलासिस गराएका हुन्।
प्रधानमन्त्री ओलीको शनिबार तेस्रोपटक डालासिस गरिएको अस्पतालले जनाएको छ। ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पतालमा आउनुभएको छ’, ग्राण्डी अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ।’
यो प्रधानमन्त्री ओलीको तेस्रो हेमोडायलासिस हो। यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो।
प्रधानमन्त्रीको ओलीको स्वाथ्य अवस्था सामान्य रहेको र उनी आजै निवास फर्कने अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलामा समस्या देखिएपछि गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए। त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो।
एन्टीबडी नस्ट गर्दा पनि मिर्गौलाले काम गर्न छाडेपछि पछिल्लोसमय उनको डायलासिस गरिँदै आएको छ।
प्रतिक्रिया