राजनीति


बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किंदै, त्यसअघि चन्द्रागिरि र पाटन दरबार घुम्ने

बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किंदै, त्यसअघि चन्द्रागिरि र पाटन दरबार घुम्ने

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ३:१५,

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किँदै छन्।

स्वदेश प्रस्थान गर्नुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने भएका छन्।

अहिले बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यक्रम छ।

सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिदले बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका थिए।

भोलिपल्ट उनी पोखरा गएर फेवातालमा डुंगा सयर गरेका थिए। पोखराबाट बिहीबार काठमाडौं फर्किएका उनी नेपालको चारदिने भ्रमण पूरा गरेर आज स्वदेश फर्किने भएका हुन्।

राष्ट्रपति हमिद स्वदेश प्रस्थानका लागि आज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयअनुसार उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad