आउने मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत स्थानीय तहका रिक्त पदका लागि आज (बुधबार) उम्मेदवारी दर्ता भइरहेको छ।
निर्वाचन आयोगका अनुसार बिहान १० बजेबाट सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता खुला गरिएको हो।दर्ता दिउँसो १ बजेसम्म जारी रहनेछ।
सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष पद रिक्त छन्।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि खाली छ भने ३४ जिल्लाका ४० स्थानीय तहका विभिन्न वडाका गरी ४३ अध्यक्ष पद पनि रिक्त छन्।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानसहित उल्लिखित स्थानीय तहका पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुने भएको हो।

प्रतिक्रिया