ad ad

राजनीति


निजामती कर्मचारी युनियनको महाधिवेशन रोकियो

निजामती कर्मचारी युनियनको महाधिवेशन रोकियो

नेपालखबर
माघ २, २०७८ आइतबार ११:५, काठमाडौँ

नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन रोकिएको छ।  भर्चुअल माध्यमबाट बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले माघ मसान्तसम्मका लागि महाधिवेशन नगर्ने निर्णय गरेको हो। 

यसअघि यही माघ ८ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने  भनिएको थियो। युनियनले महाधिवेशनअन्तर्गत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवालय तथा विभागीय अधिवेशन सकिसकेको छ। 

तर, कोरोना महामारी बढेकाले महाधिवेशन  माघ मसान्तसम्म स्थागन  गरिएको युनियनले जनाएको छ। युनियनको वर्तमान कार्यसमितिको म्याद आगामी चैतसम्म छ। 

नेपाल निजामती कर्मचारी युनियन निजामती सेवा ऐनबमोजिमको दफा ५३ को व्यवस्थाले ट्रेड युनियन अधिकार प्रयोग गर्ने संस्था भएको बताउँदै उपमहासचिव दुर्गा फुँयालले सरकारले भनेको मानेको र संस्थाको आठौँ महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भइसकेकाले संस्थाको वैधानिकतामा प्रश्न नआउने दाबी गरे। 

‘हामी कर्मचारीले नागरिकको जीउधनको र देशको समस्यामा आफ्नो समस्यालाई अग्राधिकार दिने होइन। सहज वातावरण निर्माण भएपश्चात् हामी जुनसुकै विधि अपनाएर पनि महाधिवेशन सम्पन्न गर्नेछौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .