राजनीति


अयोध्या फैसलापछि पाकिस्तानको कडा प्रतिक्रिया

अयोध्या फैसलापछि पाकिस्तानको कडा प्रतिक्रिया

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ११:२५,

शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको हो।

सर्वोच्चले मुस्लिमहरुलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ।

३ महिनाभित्र ट्रस्ट बनाएर त्यसमार्फत राममन्दिर निर्माण गराउनुपर्ने आदेश सर्वोच्चले दिएको छ।

यस फैसलालाई लिएर भारतमा सन्तुलित प्रतिक्रिया आएको छ। तर पाकिस्तानको तर्फबाट भने आक्रामक प्रतिक्रिया आएको बीबीसीहिन्दीले जनाएको छ।

यस विषयलाई लिएर पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले ट्वीटमा भनेका छन्,‘विश्वले एकपटक फेरि अतिवादी भारतको वास्तविक अनुहार देखेको छ। उसले पाँच अगष्टमा कस्मिरको संवैधानिक अधिकार अन्त्य गर्यो र आज बाबरी बस्जिदविरुद्ध फैसला गर्यो। एर्कोतर्फ पाकिस्तानले दोस्रो धर्मलाई आदर गर्दै गुरु नानकको सेवकका लागि करतारपुर कोरिडोर खोलिदिएको छ।’

यस्तै रेडियो पाकिस्तानसँग कुरा गर्दै अयोध्या फैसलामा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले बाबरी मस्जिदविरुद्ध फैसला गरेर भारतले कट्टरता देखाएको आरोप लगाएका छन्। उनले भनेका छन्,‘भारतमा मुसलमान पहिल्यैबाट दबाबमा छन् सर्वोच्चको फैसलाले मुसलमान झन दबाबमा परेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .