नेपाली कांग्रेसको इतर समूहबाट प्रकाशमान सिंहले शनिबार सभापति पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
सिंहका सहयोगी युपी लामिछानेका अनुसार सिंहले सिंहदरबार अगाडि अवस्थित यलम्बर पार्टी प्यालेसमा शनिबार बिहान ८ बजे सभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
'नेता सिंहको उम्मेदवारी तथा अवधारणा सार्वजनिक कार्यक्रम शनिबार बिहान ८ बजे हुनेछ', उनले भने, 'यो कार्यक्रममा उहाँले औपचारिक रुपमा आफूलाई सभापतिका रुपमा उभ्याउनु हुनेछ।'
कांग्रेसको चौधौं महाधिवेशन शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ।
तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिमा चारजना दाबेदार हुँदा समस्या भएको छ।
यो समूहबाट महामन्त्री शशांक कोइरालाले पौडेललाई सभापति छाड्न तयार भए पनि प्रकाशमान र शेखर कोइराला एकअर्कालाई छाड्न मानेका छैनन्।
महाधिवेशन उद्घाटन हुन अब केही घण्टा बाँकी रहँदा इतर समूहमा चारैजना सभापति लड्ने अवस्था आएको छ।
प्रकाशमानसँगै शेखरले पनि सभापतिमा प्रचार थालिसकेका छन्। तर उनले सभापतिमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भइसकेको छैन।
Shares

प्रतिक्रिया