राजनीति


एकअर्काका भिडिओ क्लिप सेयर गर्दै कमल थापा र रेखा थापाबीच यस्तो जुहारी

एकअर्काका भिडिओ क्लिप सेयर गर्दै कमल थापा र रेखा थापाबीच यस्तो जुहारी

नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार १८:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल थापा र अध्यक्षकै अर्का उम्मेदवार राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उठेकी अभिनेत्री रेखा थापाबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। 

अभिनेत्री एवं राप्रपा नेत्री रेखा थापाले प्रकाश सुवेदीले सञ्चालन गर्ने ग्ल्यामर गफ कार्यक्रममा बोलेको भिडिओ क्लिप अध्यक्ष कमल थापाले आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘हाहाहा! नो कमेन्ट।’

उक्त अन्तर्वार्तामा प्रकाश सुवेदीले रेखा थापालाई सोधेका छन्, ‘राजतन्त्र कि गणतन्त्र?’

उत्तरमा थापाले भनेकी छन्, ‘गणतन्त्र।’ 

सुवेदी : गणतन्त्र! अहिले तपाईं कुन पार्टीसँग आबद्ध हुनुहुन्छ थाहा छ यहाँलाई?

थापा : राप्रपा।

सुवेदी : राप्रपाको उद्देश्य के हो, थाहा छ कि छैन? 

थापा : थाहा छ। मैले आम जनताको भाषा बोलिरहेको छु। पार्टीको सिद्धान्त आफ्नो ठाउँमा छँदै छ। पार्टीकै सिद्धान्तमा कतिपय मानिसलाई त्यो चिज चित्त नबुझेको पनि हुन सक्छ, त्यो पछि व्याख्या गरौंला। 

सुवेदी : अनि तपाईंको यो अभिव्यक्तिले तपाईंलाई कारबाही गर्यो भने? 

थापा : गर्दैन। त्यो त म एज रेखा थापा बोलिराछु नि, पार्टीको कुनै नेत्रीका रूपमा बोलाउनुभा छैन नि। तपाईंले ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भाछ।
...

थप कुरा यो भिडिओमै सुनौँ–

अनि करिब २ घण्टापछि रेखा थापाले पनि कमल थापाले ऋषि धमलालाई दिएको अन्तर्वार्ताको भिडिओ क्लिप सेयर गर्दै त्यही शब्द लेखेकी छन्, ‘नो कमेन्ट!’ 

अभिनेत्री थापाले सेयर गरेकाे तलकाे भिडिओ क्लिपमा कमल थापा ‘जनता जान्न चाहन्छन्’ मा अन्तर्वार्ता दिइरहेका छन्। 

 ऋषि धमला : कमल थापाजी, एमसीसी पारित हुनुपर्छ?

कमल थापा : निश्चय पनि, यो एमसीसीको...

धमला : ...अलमलिएर बस्ने बेला होइन?

थापा : निश्चय पनि होइन, एमसीसीको बारेमा म प्रस्ट रूपमा भनौं, एमसीसीको बारेमा एक त राष्ट्रिय सहमति छ, कांग्रेस, कम्युनिस्ट, तपाईंको माओवादी, राप्रपालगायत...पार्टीहरूले सरकारमा रहेका बेला अगाडि बढाएर अहिले मूर्त रूपमा आको त्यसैले यसमा सबै पार्टीले ठीक ढंगबाट बुझ्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .