ad ad

राजनीति


सौराहाको पार्क सफारी रिसोर्टमा बस्नेछन् केपी ओली

सौराहाको पार्क सफारी रिसोर्टमा बस्नेछन् केपी ओली

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १४:३१, चितवन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा बस्ने भएका छन्। 

दसौं राष्ट्रिय महाधिवेशनको लागि बिहीबार दिउँसो चितवन आइपुगेका ओली बिहीबारदेखि नै उक्त रिसोर्टमा बस्नेछ्न। 

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलका अनुसार ओली बिहीबार पार्क सफारी रिसोर्टमा बसेर महाधिवेशन उद्घाटन गर्न शुक्रबार नारायणी किनार आउनेछन्।

‘अध्यक्ष कमरेड केपी ओली पार्क सफारीमा बस्नुहुन्छ, बिहीबार उहाँले बुद्धिजीवी परिषद्को कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ’, पोखरेलले नेपालखबरसँग भने।

ओलीले बुद्धिजीवी परिषद्को उक्त कार्यक्रमपछि पार्क सफारीमै आराम गर्ने योजना बनाएका छन्। उनले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संवाद गर्न चाहेनन्। 

बिहीबारै नारायणी किनारमा अनुगमनका लागि आउने भनिए पनि उनलाई आराम गर्न सहयोगीहरुले सल्लाह दिएका छन्। 

ओलीले पार्क सफारीमै बसेर महाधिशेवनबारे आफ्ना सहयोगी र निकट नेताहरुसँग छलफल गर्ने भएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .