राजनीति


पोखराका २८ वडामा माओवादीको सर्वसम्मत नयाँ नेतृत्व

पोखराका २८ वडामा माओवादीको सर्वसम्मत नयाँ नेतृत्व

माओवादी केन्द्र शुक्लागण्डकी-१२ को वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी। तस्वीर-रासस


वाशुदेव मिश्र
मंसिर ४, २०७८ शनिबार २०:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले पहिलोपटक वडा कमिटीको अधिवेशन गरेको छ। कास्कीसहित गण्डकीका सबै वडामा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको माओवादी केन्द्रले जनाएको छ।

केही वडामा भने प्राविधिक कारणले अधिवेशन स्थगित भएको माओवादी कास्की जिल्ला संयोजक एवं प्रदेश सांसद दीपक कोइरालाले जानकारी दिए।

पोखरा महानगरमा रहेका ३३ वटा वडामध्ये २८ वटा वडा कमिटीको अधिवेशन सम्पन्न भएको कोइरालाले बताए। उनका अनुसार सबै ठाउँमा सर्वसम्मत वडा कमिटी चयन गरिएको छ।

उनका अनुसार पोखरामा वडा अधिवेशन हुन नसकेका वडा नं. ३, ४, ७, १२ र १३ मा छिट्टै अधिवेशन गरिने छ। ती वडाहरुमा प्राविधिक कारणले शनिबार अधिवेशन हुन नसकेको उनको भनाई छ। वडा अधिवेशनबाट सबै ठाउँमा सर्वसम्मत नया नेतृत्व चयन गरिएको कोइरालाले बताए।

‘पोखरामा कहीँ पनि नेतृत्वका लागि विवाद भएको छैन, चुनाव गर्नुपरेन’,उनले भने।

माओवादी केन्द्रले कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३ सय ८३ पुगेको जनाएको छ। माओवादीले सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ।

पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण)का अनुसार यसअघि जिल्लामा माओवादीका ८ हजार २ सय पार्टी सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .