केही युवाहरुको समूह र आन्दोलित वकिलहरूबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झडप भएको छ।
एउटा रातो कारमा चढेर आएका करिब आधा दर्जन युवाहरु नेपाल बारको कार्यालयमा छिरेपछि झडप भएको हो।
उनीहरुले बारभित्रै पसेर वकिललाई धम्क्याएका थिए। उनीहरुले त्यसक्रममा वकिलहरूको कालो कोट च्यातिदिन्छौँ भन्दै धम्की दिएपछि तनाव भएको थियो।
केही प्रत्यक्षदर्शी वकिलहरूका अनुसार उनीहरु मदिरा पिएर आएका थिए। रातो कार स्वास्थ्य मन्त्रालय परिसरमा राखेर आएका उनीहरु र वकिलबीच बार परिसरमा घम्साघम्सी चल्यो।
वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका छन्। युवाहरु हिँडेपछि सर्वोच्चतर्फबाट प्रहरीको टोली आएको थियो।
174
Shares
प्रतिक्रिया