राजनीति


कैलालीका  १३ वटै स्थानीय तहमा कांग्रेसले सक्यो अधिवेशन, कुनमा को सभापति?

कैलालीका  १३ वटै स्थानीय तहमा कांग्रेसले सक्यो अधिवेशन, कुनमा को सभापति?

गोकुल जोशी
मंसिर २, २०७८ बिहिबार १२:३७, काठमाडौँ

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ।

कैलालीका  १३ वटै स्थानीय तहमा कांग्रेसले आफ्नो नयाँ नेतृत्व चयन गरेको हो। तीमध्ये नौवटामा निर्वाचन र चारवटामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको कांग्रेस (कैलाली) का  प्रचारप्रसार संयोजक नृप सुनारले जानकारी दिए। 

उनका अनुसार धनगढी उपमहानगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएका हुन्।  

गोदावरी नगरपालिका, घोडाघोडी, टीकापुर, लम्कीचुहा, भजनी, बर्दगोरिया गाउँपालिका, चुरे, जानकी, र मोहन्याल गाउँपालिकामा भने निर्वाचनबाट कांग्रेस कमिटी छानिएका हुन्। 

सुदूरपश्चिम प्रदेश अस्थायी राजधानीसमेत रहेको प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढीमा कांग्रेसको नेतृत्व यज्ञराज उपाध्यायले सर्वसम्मत रूपमा पाएका छन्। सभापति सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारी र सदस्यको भने अझै टुंगा लाग्न नसकेको प्रचारप्रसार संयोजक सुनारले बताए। 

‘चार स्थानीय तहमा चुनावमार्फत नेतृत्व चयन गरिएको छ। अन्यमा सर्वसम्मतीबाट नेतृत्व चयन गरिएको हो’, उनले भने,  ‘धनगढीमा पदाधिकारी र सदस्यको टुंगो लगाउन अहिले छलफल भइरहेको छ।’

कैलारी गाउँपालिकामा कृष्ण चौधरी, जानकी गाउँपालिकामा गणेश रेग्मी,  जोशीपुर गाउँपालिकामा बसिराम चौधरी सभापतिमा सर्वसम्मत चयन भएका छन्। 

यस्तै टीकापुर नगरपालिकाको सभापतिमा नरेश खत्री, गौरीगंगा नगरपालिकामा पहलबिक्रम चन्द, लम्कीचुहा नगरपालिकामा इन्द्र कुँवर, भजनी नगरपालिकामा नवराज मिश्र, गोदावरी नगरपालिकामा वीरबहादुर चोखाल, घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह, चुरे गाउँपालिकामा हेम शाह, बर्दगोरिया गाउँपालिकामा कृष्ण विष्ट र मोहन्यालमा कमल साउँद निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad