राजनीति


उपनिर्वाचनमा यी हुन् नेकपाका उम्मेदवार

उपनिर्वाचनमा यी हुन् नेकपाका उम्मेदवार

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १३:२७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा  विद्या भट्टराईको नाम टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा अन्तर्गत दाङ ३ ख मा विमला वली र भक्तपुर १ क मा देवीप्रसाद ढकाल (डिपी) उम्मेदवार बन्ने तय भएको छ।  बाग्लुङ २ ख मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ।

धरान उपमहानगरपालिकाका मेयर पदका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए।

मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .