ad ad

राजनीति


प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व बढायो: कांग्रेस

प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व बढायो: कांग्रेस

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १२:१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि नेपालखबरसँग प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने, पूर्वाग्रही रुपमा अनावश्यक काममा हात हालेर द्वन्द्व बढाउन खोजेको बताए ।

'केपी ओली नेतृत्वको सरकारलाई जनताको काम गर्न प्रतिपक्षी दलले सहयोग गरिरहेको अवस्थामा पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ,' प्रवक्ता शर्माले भने ।  २०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुख बर्खास्त गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .