ad ad

राजनीति


जम्मु कस्मिरको नयाँ नक्सा पाकिस्तानले नमान्ने

जम्मु कस्मिरको नयाँ नक्सा पाकिस्तानले नमान्ने

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १२:०,

 पाकिस्तानले आइतबार जम्मु कस्मिरको नयाँ नक्सालाई खारेज गर्दै आफूले भारतले सार्वजनिक गरेको जम्मु कस्मिरको नयाँ नक्सालाई नमान्ने अभिव्यक्ति दिएको छ।

 संविधानको धारा ३७० हटाएर भारत सरकारले जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाए यतादेखि नै पाकिस्तानले भारतको उक्त कार्यको विरोध जनाएको थियो।

राजनीतिक नक्शे

आइतबारसमेत पाकिस्तानले नयाँ नक्सालाई नमान्ने बताउँदै भारतको विरोध गरेको बीबीसी हिन्दीले जनाएको छ।

 कस्मिरको विशेषाधिकार हटाएपछि यतिबेला उक्त क्षेत्र केन्द्र शासित बनेको छ। यस कार्यको विरोध जनाउँदै पाकिस्तानले त्यहाँका मुसलमानहरुलाई भारतले विस्थापित गर्न खोजेको आरोप लगाउँदै आएको छ।

 शनिबार भारतको गृह मन्त्रालयले जम्मु कस्मिरको राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

नक्सामा जम्मु कस्मिर र लद्दाखलाई अलग अलग राज्य भएको देखाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .