राजनीति


एमालेको महाधिवेशन प्रतिनिधि छनोटः प्रदेश २ को के छ हालखबर?

एमालेको महाधिवेशन प्रतिनिधि छनोटः प्रदेश २ को के छ हालखबर?

फाइल तस्बिर


शैलेन्द्र महतो
कात्तिक २७, २०७८ शनिबार १५:५८, काठमाडौँ

आफ्नो १०औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले देशभरसँगै प्रदेश २ मा प्रतिनिधि छनोट गरिरहेको छ। 

यस क्रममा एमालेले पर्साको १ बाहेक तीनवटा निर्वाचन क्षेत्रमा शुक्रबारै सर्वससम्मतीबाट महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ। क्षेत्र नम्बर १ मा प्रतिनिधि छनोटमा विवाद भएकाले सहमतिका लागि छलफल जारी रहेको एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साहले जानकारी दिइन्। 

उनका अनुसार आज (शनिबार) बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट गर्ने क्रम जारी छ। रौतहट र सर्लाहीमा जिल्ला पदाधिकारीबीच छलफल भइरहेको उनले जानकारी दिइन्। 

महोत्तरी र सप्तरीमा भोलि (आइतबार) प्रतिनिधि छनोट गरिने छ। धनुषा र सिरहामा भने सोमबार प्रतिनिधि छनोट गर्ने तयारी छ। 

धनुषामा महाधिवेशन प्रतिनिधि छनोटका लागि चन्द्रप्रकाश मैनालीको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। उनका अनुसार विभिन्न उपसमिति पनि गठन गरिएको छ। 

उनका अनुसार लक्ष्मीनारायण यादवको संयोजकत्वमा ३१ सदस्यीय महाधिवेशन तयारी तथा मास परिचालका लागि मूल कमिटी बनाइएको छ भने जिल्ला अध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ। 

‘प्रदेश २ का आठ जिल्लामा जनवर्गीय संगठनसमेत गरी प्रतिजिल्लाबाट २२ देखि २९ जनासम्म महाधिवेशन प्रतिनिधि छनोट हुन्छ’, प्रदेश अध्यक्ष ज्वाला साहले नेपालखबरसँगभनिन्, ‘कार्तिक २५ गतेसम्म हामी आठवटै जिल्लाको प्रतिनिधि छनोट गरि सक्छौं। त्यसपछि प्रदेश कमिटिको पदाधिकारी बैठक बसेर जिल्ला जिल्लाबाट आएको प्रतिनिधि छनोट नाम अनुमोदन गरेर केन्द्र कमिटीलाई पठाउँछौं।’  

प्रदेश २ का सबै जिल्लामा सर्वसम्मतीबाटै महाधिवेशन प्रतिनिधि छनोटको प्रयास भइरहेको जानकारी पूर्वप्रदेश सांसदसमेत रहेका एमालेको धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले दिए। 

यो पनि : ​‘बदला लिन भीम रावलनिकट नेतालाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक्ने प्रयास’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .