राजनीति


इटहरीका मेयर द्वारिकलाल भन्छन् : एमाले कम्पनी जस्तो भयो, नेतृत्व बिर्तावाल जस्तो

इटहरीका मेयर द्वारिकलाल भन्छन् : एमाले कम्पनी जस्तो भयो, नेतृत्व बिर्तावाल जस्तो

कृष्ण बहाब
कात्तिक २४, २०७८ बुधबार १६:१९, काठमाडौँ

सुनसरीमा एमाले जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेता बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले विरोध जनाएका छन्।

बुधबार इनरुवामा भइरहेको महाधिवेशन आयोजक कमिटी घोषणा कार्यक्रम बहिष्कार गर्दै चौधरीले जिल्ला समिति हुँदाहुँदै अर्को व्यक्तिको अध्यक्षतामा कार्यक्रम गर्नु गलत भएको बताए।

‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त उहाँ हुनुपर्यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्यो।’ 

त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भए पनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रीय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए।

उक्त कार्यक्रम एमाले सुनसरी इन्चार्ज धर्म निरौलाको अध्यक्षतामा गरिएपछि चौधरीले विधान विपरीत भएको भन्दै विरोध जनाएका हुन्।

कार्यक्रममा विरोध जनाएपछि इटहरीमा आएर पत्रकार सम्मेलन गर्दै उनले पार्टी कम्पनीजस्तो भएको र नेतृत्व बिर्ताबालजस्तो भएको आरोप लगाए।

उनले पार्टी जाकिर हुसैन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन्।’

चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .