राजनीति


गण्डकीका कृषिमन्त्री ‘भूमिहीन’, कति छ सम्पत्ति?

गण्डकीका कृषिमन्त्री ‘भूमिहीन’, कति छ सम्पत्ति?

वाशुदेव मिश्र
कात्तिक १६, २०७८ मंगलबार १६:३१, काठमाडौँ

गण्डकीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले आफ्नो घर जग्गा नभएको बताएका छन्।

मन्त्री बुढाले गएको भदौ २१ गते मुख्यमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा न जग्गा न घर नै उल्लेख गरिएको छ। 

माओवादी केन्द्रबाट सांसद र मन्त्री बनेका चन्द्रबहादुरको पुर्ख्यौली घर बागलुङको ताराखोला–५,नाङी हो।

सम्पत्ति विवरण अनुसार नाङीमा संगोलमा रहेको तथा पिता धनप्रसाद बुढाको नाममा रहेको घर र सो घरले चर्चेको जग्गा तथा सोही ठाउँमा रहेको जनएकता सहकारी संस्थामा १० हजार बचतबाहेक उनीसँग थप सम्पत्ति छैन। 

एभरेष्ट बैंकमा खाता भएपनि उनले खातामा कति पैसा छ भन्ने खुलाएका छैनन्। सम्पत्ति विवरणमा उनले लिनु र दिनु दुवै नभएको जिकिर गरेका छन्।

सादगी जीवन जिउने चन्द्रबहादुर मन्त्री हुनुभन्दा अघि पोखरामा भाडामै बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .