राजनीति


स्थलमार्गबाटै चितवनतिर हिँडे ओली, यस्ता छन् दुई दिने कार्यक्रम

स्थलमार्गबाटै चितवनतिर हिँडे ओली, यस्ता छन् दुई दिने कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १२:४२, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार स्थलमार्गबाट चितवन हिँडेका छन्।

चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ९ बजे चितवनतर्फ लागेका हुन्। 

उनले यात्राका क्रममा नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत दासढुङ्गाको मदनआश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने छन्। 

चितवन पुगेर ओलीले १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी किनार अवलोकन गर्ने कार्यक्रम रहेको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन्। 

त्यसलगत्तै ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको ओलीले उद्घाटन गर्ने भएका छन्।

त्यस्तै ओलीले सोमबार दिउँसो साढे तीन बजे भरतपुर महानगरपालिका-१० मदननगरस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गर्दैछन्। 

त्यहाँबाट उनी एमाले महाधिवेशनको बन्दसत्रस्थल तय गर्न सौराहा र टाँडी जाने कार्यक्रम छ। 

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने भनिएको टाँडी र सौराहामा ओलीले सोमबार अवलकोन गर्नेछन्। 

उनी त्यसपछि मंगलबार बिहान भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन क्रुजशिप (सानो पानीजहाज) अवलोकन गर्न जाने छन्। 

त्यहाँबाट उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रसमेत रहेको माडीको अयोध्यापुरीस्थित राम मन्दिर अवलोकन गर्न पुग्नेछन्। 

राम मन्दिरको अवलोकनपछि माडीका स्थानीयवासीसँग ओलीले छलफल गर्ने रावलले बताइन्। त्यसका लागि स्थानीय पार्टी कमिटीले विशेष तयारी गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad