राजनीति


प्रधानन्यायाधीशविरुद्ध आजदेखि नेपाल बारको चरणबद्ध आन्दोलन

प्रधानन्यायाधीशविरुद्ध आजदेखि नेपाल बारको चरणबद्ध आन्दोलन

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार ८:३, काठमाडौँ

पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज (आइतबार) देखि चरणबद्ध आन्दोलन गर्दै छ। 

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्ने भएको हो। 

गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। 

बारको निर्णयमा भनिएको छ, ‘कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।’

बारका विरोध कार्यक्रम
–मिति २०७८ कार्तिक १४/५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।

–मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।

–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन (नेबाए)​ को निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।

–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।

वर्तमान गठबन्धन सरकारमा ‘भाग’ (आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्ने) खोजेको  कुरा सार्वजनिक भएयता प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको हो। व्यापक विरोधकै कारण उनका जेठान गजेन्द्र हमालले उद्योगमन्त्री पदमा नियुक्ति पाएको ३ दिनमै राजीनामा दिएका थिए। तर पनि प्रधानन्यायाधीशको विरोध रोकिएन। यसबाहेक अदालतभित्र अनियमितताका अन्य आरोप पनि प्रधानन्यायाधीशविरुद्ध लगाइएको छ।

यो पनिः बिदा बसेर ‘झमेलाबाट जोगिएका’ सर्वोच्चका ४ न्यायाधीश कहिले फर्किन्छन्? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad