राजनीति


जनकपुरमा सरसफाइ गर्दै पर्यटनमन्त्री भट्टराई

जनकपुरमा सरसफाइ गर्दै पर्यटनमन्त्री भट्टराई

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ३:३८,

छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि आज (बिहीबार) बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठमन्दिर र तालतलैयामा सरसफाइ अभियान सुरु भएको छ।

छठ आज सुरु हुँदै छ।

छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए।

यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad