राजनीति


उपनिर्वाचनका उम्मेदवार छनोटबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

उपनिर्वाचनका उम्मेदवार छनोटबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार २:३८,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे छलफल गर्न अहिले (बिहीबार) बिहान नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बस्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बिहान ८ बजेदेखि पार्टीका पदाधिकारीहरूको बैठक सुरु गर्ने तय गरिए पनि याे खबर तयार पार्दासम्म सुरु भएको छैन।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले आजका दुवै बैठक उपनिर्वाचनका उम्मेदवार छनोटमा केन्द्रित हुने जानकारी दिए।

‘आजका बैठकहरूमा उपनिर्वाचनको उम्मेदवार छनोटका विषयमा केन्द्रित हुनेछन्। अन्य विषय आउने छैनन्,’ नेपालखबरसँग महतले भने।

पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने र दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकबाट त्यसलाई अनुमोदन गराउने तयारीमा कांग्रेस छ।

कास्की २ को प्रतिनिधिसभा, भुक्तपुर १ क, बाग्लुङ २ ख र दाङ २ खमा प्रदेशसभाका रिक्त रहेको निर्वाचन क्षेत्रको अतिरिक्त धरान नगरपालिकासहित ५२ स्थानका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad