राजनीति


रावलले राजीनामा दिइसक्दा एमाले भन्छ– दसबुँदे सफलतापूर्वक कार्यान्वयन भएको छ

रावलले राजीनामा दिइसक्दा एमाले भन्छ– दसबुँदे सफलतापूर्वक कार्यान्वयन भएको छ

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ५:२४, काठमाडौँ

दसबुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावलले यो कार्यान्वयन गर्ने कार्यदलको संयोजक पदबाट राजीनामा दिँदा नेकपा एमालेले भने ‘सफलतापूर्वक कार्यान्वयन भएको’ दाबी गरेको छ। 

शुक्रबारको स्थायी कमिटी बैठकपछि विज्ञप्ति जारी गर्दै एमालेले ‘दसबुँदे प्रस्ताव आम रूपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष’ निकालेको हो। 

तर अध्यक्ष केपी शर्मा ओलीबाट १० बुँदेको औचित्य नभएको भनेपछि उपाध्यक्ष रावलले शुक्रबार स्थायी कमिटी बैठककै क्रममा फरक मत पेस गर्दै १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्। 

–​​त्यसपछि कार्यदलबाट राजीनामा दिएँ : भीम रावल

तर एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले दसबुँदे प्रस्ताव आम रूपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ। तर केही स्थानमा कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .