ad ad

राजनीति


एनआरएनए केन्द्रीय समितिले थप्यो आफ्नै ६ महिना कार्यकाल, निर्वाचन नोभेम्वर अन्तिममा

एनआरएनए केन्द्रीय समितिले थप्यो आफ्नै ६ महिना कार्यकाल, निर्वाचन नोभेम्वर अन्तिममा

एनआरएनए अध्यक्ष कुमार पन्त


नेपालखबर
असोज ३१, २०७८ आइतबार १४:१०, काठमाडौँ

गैरआवासीय नेपाली(एनआरएनए)को केन्द्रीय समितिको कार्यकाल ६ महिना थपिएको छ। 

शनिवार राती अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल आगामी ६ महिनाका लागि थप गर्दै नोभेम्बरको ३० तारिख भित्रमा अधिवेशन गर्ने निर्णय गरेको हो।

अहिलेको कार्य समितीको अवधी आउँदो शुक्रवार देखि समाप्त हुँदैछ। यसै महिना हुने भनिएको अधिवेशन विवादका कारण रोकिएको हो। विवादहरुबारे परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको थियो। 

दुई साता अघि अधिवेशन रोक्न र उठेका विवादहरु समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनको अधिवेशनमा अन्योलता छाएको थियो। त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले विवाद समाधानका लागि ६ महिना कार्यकाल थप्दै नोभेम्बरको ३० तारिखभित्र अधिवेशन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए। 

केन्द्रीय कमिटीले बैठकले परराष्ट्र मन्त्रालयले उठाएका प्रतिनिधिसहित विवाद समाधानका लागि अध्यक्ष कुमार पन्तलाई जिम्मा समेत दिएको छ। विवाद समाधान समितिमा पूर्वअध्यक्षहरु सामेल हुनेछन्। 

अध्यक्ष पन्तले  अहिले देखिएका समस्याहरु समाधानका लागि आफूहरु सक्षम रहेको र चाँडै समस्या समाधान भई अधिवेशन कार्य अघि बढ्ने जानकारी दिए। ​​

एनआरएनले नोभेम्बर ३० भित्र अधिवेशन गरिसक्ने जनाएपछि ठ्याक्कै मिति भने घोषणा गरिसकेको छैन।  पन्तका अनुसार परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालासँग छलफल पछि मिति घोषणा गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .