राजनीति


सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्दै

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्दै

नेपालखबर
असोज २०, २०७८ बुधबार १२:५९, काठमाडौँ

नेपाली कांग्रेसको ‘तेस्रो धार’पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी पाँच दलीय गठबन्धन सरकारमा मन्त्री हुने भएका छन्। 

सिटौला समूहले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा प्रतिनिधिसभा सदस्य चौधरीलाई पठाउन लागिएको पुष्टि गरेको छ। 

नेता सिटौलाका स्वकीय सचिव किरण सिटौलाले नेता चौधरीको नाम मन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिने जानकारी दिए। 

‘हाम्रोबाट उमाकान्त चौधरी जानुहुन्छ। यसअघि भीमसेनदास प्रधान, गगन थापा मन्त्री बनिसक्नुभएको छ,’ उनले नेपालखबरसँग भने, ‘यस पटक उहाँको पालो हो। उहाँलाई पठाउनेबारे हामीबीच कुनै विमति छैन।’

सत्ता गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले पाउने सात मन्त्रालयमध्ये एक मन्त्रालय सिटौला समूहको भाग पर्ने भएको छ। 

पूर्वस्वास्थ्यमन्त्री चौधरी बारा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

उनले २०७४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीलाई दुई हजार चार सय २० मतले पराजित गरेका थिए। 

चौधरीले २४ हजार चार सय ५० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी मैनालीले २२ हजार ३० मत पाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad