ad ad

राजनीति


ओलीको आक्रोश : देउवा सरकारमा आएपछि देशमा ग्रहण लाग्यो, अशुभ भएको छ

ओलीको आक्रोश : देउवा सरकारमा आएपछि देशमा ग्रहण लाग्यो, अशुभ भएको छ

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७८ मंगलबार १६:१८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको विकास योजना रोकेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका १४ सय रणनीतिक सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे। 

उनले ती सडक ओलीको फुर्ती झार्छु भनेर एकैचोटि रोकिदिएको गुनासो पनि गरेका छन्। 

'अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन्। अहिले देशमा ग्रहण लागेको छ। धेरै हेर्ने होइन। अशुभ छ', उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयप्रति लक्षित गर्दै उनले भने, 'रणनीतिक सडकसमेत १४ सय सडक रोक्नु छ। बजेट आयोजना सबै खतम छ। क्या बात!' 

उनले देउवाले आफूले थालेको विकासमा ब्रेक हान्ने काम गरेको बताए। 'झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो। ल बना बाटो, ओलीको फुर्ती झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो,' उनले भने। 

सरकारले आफ्नो समर्थनमा लाग्न भन्दै कर्मचारीलाई धम्क्याउने र दु:ख दिने आरोप पनि ओलीले लगाएका छन्। 

'म त पेसाकर्मी हुँ। कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने। न त्यहाँ न डेरा पाइन्छ। न सवारीसाधन,' उनले भने, 'कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएकी आमालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ। वा लोकतन्त्र।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .