भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही सेप्टेम्बर २२ तारिखका दिन अमेरिका भ्रमणमा जाँदै छन्।
क्वाड मुलुकका नेताहरूसँगको बैठकमा सहभागी हुन तीन दिनका लागि अमेरिका जान लागेका मोदीले त्यस क्रममा त्यहाँका नयाँ राष्ट्रपति जो बाइडेनसँग पहिलोपटक द्विपक्षीय भेटवार्ता गर्दै छन्।
साथै उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपतिको कार्यालय) ले सोमबार दिएको जानकारीअनुसार यही सेप्टेम्बर २४ का दिन क्वाड देशका नेताहरूसँगको बैठकको सिलसिलामा अमेरिकी राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्नेछन्।
साथै बाइडेनले जापानका प्रधानमन्त्री योसिहिदे सुगासँग पनि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति बाइडेनले भारत र जापानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्ने भएका हुन्। यसको उद्देश्य अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौता ‘ओकस’प्रति क्वाड संगठनमा रहेका देशको चिन्ता हटाउनु भएको अनुमान गरिएको छ।
यो पनि : ‘ओकस’प्रति उत्तर कोरिया पनि आक्रोशित, अमेरिकालाई दियो चेतावनी
Shares
प्रतिक्रिया