राष्ट्रिय जनमोर्चा नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पारित गर्न नहुने जनाएको छ।
जनमोर्चाले शुक्रबार विज्ञप्ति निकालेर एमसीसी पारित गराउन देउवा सरकारले विभिन्न षडयन्त्र गरिरहेको बताएको छ।
एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै जनमोर्चाले एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष गरिरहने जनाएको छ।
जनमोर्चाले पाँचदलीय गठबन्धन फुटाउन विभिन्न षड्यन्त्र भइरहेको पनि जनाएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा मुलुकलाई प्रतिगमनमा धकेल्ने प्रयत्न भएको उल्लेख छ।
वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान नहुने भएपनि प्रतिगमनविरुद्ध जनमोर्चा गठबन्धनमा समेल भएको केसीले भनेका छन्।
देशलाई मध्यावधि निर्वाचनमा धकेल्न एमालेले प्रयत्न गरिरहेको जनमोर्चाको आरोप छ।
एमालेले सभामुख, निर्वाचन आयोग र सरकारमाथि आक्रमण गरेर देशलाई मध्यावधिमा लैजाने षडयन्त्र गरेको जनमोर्चाको आरोप छ।
‘त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ’, केसीले भनेका छन्।
Shares

प्रतिक्रिया