राजनीति


मध्यराति विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

मध्यराति विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार २:४८,

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ।

थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गरेका हौँ,’ सापकोटाले भने। ३२ वर्षीया थोकरले हालै मात्र विप्लव समूहको काभ्रे जिल्लाको सक्रेटरीको जिम्मेबारी पाएका थिए।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा काभ्रेबाट गएको चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेता÷कार्यकर्तालाई पक्राउ गरेको थियो।

यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad