नेपाली कांग्रेसको रुकुम पूर्वका सभापति केशरमान रोकाको क्रियाशील सदस्यता नवीकरण नभएको पाइएको छ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको क्रियाशील सदस्यताको सूचीमा उनको नाम समावेश गरिएको छैन।
रोका पूर्व स्थानीय विकास सहायक मन्त्री पनि हुन्।
जिल्ला सभापति रोकाले वेवसाइटमा प्रकाशित सूचीमा आफ्नो नाम समावेश नगराइएको जानकारी दिए।
१४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरिएको छ।
भदौ १० मा निर्वाचन समितिले रुकुम पूर्वसहित ३८ जिल्लाका क्रियाशील सदस्यहरुको सूची प्रकाशित गरेको थियो।
यस्तै शुक्रबार थप १० जिल्लाको क्रियाशील सदस्यहरुको नामावली पनि प्रकाशित भएको छ।
8.0k
Shares

प्रतिक्रिया