चीनले विद्यालयहरुमा राष्ट्रपति ‘सी चिनफिङका राजनीतिक विचारहरु’ पढाउने भएको छ।
सरकारले राष्ट्रिय पाठ्यक्रममै ‘सी विचारधारा’ अर्थात् ‘सी चिनफिङ थट’ समावेश गर्नलागेको हो।
यसले किशोरकिशोरीहरुमा कार्ल मार्क्सका विचारधाराप्रति विश्वास जगाउने त्यहाँको शिक्षा मन्त्रालयले आफ्नो नयाँ गाइडलाइन्समा भनेको छ।
प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म नै ‘सी विचारधारा’ पढाइने भएको छ।
समाजको फरक क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको शासन सुदृढ पार्ने उद्देश्यले गरिएको पछिल्लो प्रयत्न हो।
एक वक्तव्यमा मन्त्रालयले भनेको छ, ‘नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्यशास्त्रका सबै आधारसँगै समाजवादको निर्माता र उत्तराधिकारीलाई पुनर्जागृत गर्नु यसको उद्देश्य हो।’
गाइडलाइन्समा श्रम शिक्षालाई पनि समावेश गरिएको छ। यसले कडा मिहिनेत गर्ने भावनालाई जगाउने आशा गरिएको छ। त्यस्तै राष्ट्रिय सुरक्षासम्बन्धी शिक्षा पनि त्यसमा समावेश रहेको बताइएको छ।
सन् २०१८ मा चीनको सर्वोच्च संस्थाले ‘सी चिनफिङ थट’लाई संविधानमा उल्लेख गरेको थियो। त्यसयता केही विश्वविद्यालय, राजनीतिक युवा संगठन र विद्यालयमा यसलाई समावेश गरिएको थियो।
‘सी विचारधारा’मा मुख्य १४ सिद्धान्त छन् जसले कम्युनिस्ट आदर्शलाई प्रतिविम्बित गर्छन् :
- यसले पूर्ण सुधार र विकासको नयाँ सोचको आह्वान गर्छ।
- मानिस र प्रकृतिबीच सुमधुर जीवनयापनको प्रतिज्ञा गर्छ।
- सेनामाथि पार्टीको निर्विकल्प अधिकारको पहिचान गर्छ।
- एक देश दुई व्यवस्थाको महत्तालाई जोड दिँदै मातृभूमिमा एकीकरणलाई बढावा दिन्छ।
नयाँ गाइडलाइन्सले प्राथमिक विद्यालयलाई देश र चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादप्रति माया देखाउनुपर्ने कुरालाई जोड दिएको छ भने माध्यमिक विद्यालयले अवधारणात्मक अनुभव र अध्ययन ज्ञानको मिलनलाई केन्द्रित गर्नुपर्ने र यसले विद्यार्थीलाई आधारभूत राजनीतिक निर्णय र विचार निर्माणमा सघाउ पुर्याउने ग्लोबल टाइम्सले जनाएको छ।
कलेजहरुमा भने सैद्धान्तिक सोचविचारको स्थापनालाई जोड दिइएको छ। बीबीसीबाट
Shares

प्रतिक्रिया