राजनीति


दोलखाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

दोलखाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ११:४३,

ज्यान मुद्दामा अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएका दोलखाका सांसद पार्वत गुरुङलाई साधारण तारेख छाड्न अदालतले आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग पक्राउ पुर्जी जारी भएपछि सांसद गुरुङ आइतबार आफैँ अदालतमा उपस्थित भएका थिए।

सांसद गुरुङसहित ७ जनाविरुद्ध दाेलखाकै वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको थियो।

अदालतको आदेश बमोजिम सांसद गुरुङ आइतबार बिहान सवा १० बजे अदालत उपस्थित भएका थिए।

गुरुङको उपस्थितिपछि आइतबारै भएको थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका कानून अधिकृत बसन्त न्यौपानेले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad