बुटवल। जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभा सदस्यमा निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको छ।
जसपाले समानुपातिक सांसद कल्पना पाण्डेलाई कारवाही गरेपछि उनको ठाउँमा मुडभरीलाई सिफारिस गरेको हो।
पार्टीको कार्यकारिणी समितिको बैठकले रुपन्देहीकी मुडभरीको नाम निर्वाचन आयोगमा पठाएको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले जानकारी दिए।
पार्टीको आधिकारिकताको विवादमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि जसपाले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका ३ जनालाई कारवाही गरेको थियो ।
कारबाहीको सूचना प्रदेश सभाबाट जारी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका थिए।
तीमध्ये सन्तोष र विजय प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कल्पना समानुपातिक सांसद थिइन्।
9
Shares

प्रतिक्रिया