तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल मच्चिएको छ।
देश छाडेर भाग्न चाहने अफगानीहरुमाझ भागदौड भइरहेको छ। भीडलाई रोक्न गोली समेत चलाइएको छ। जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।
विमान चढ्न मानिसहरुबीच तानातान भएको दृश्य सार्वजनिक भएका छन्।
उडेको विमानबाट समेत दुई व्यक्ति खसेको दृश्य देखिने भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
Exclusive - The video shows a flight from #Kabul airport where two people are thrown from a plane into the the people's homes.#Afghanistan #Taliban pic.twitter.com/GlSgjNApJj
— Aśvaka - آسواکا News Agency (@AsvakaNews) August 16, 2021
भद्रगोलका बीच विमानस्थलबाट सम्पूर्ण व्यावसायिक उडान बन्द गरिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया