ad ad

राजनीति


भागेको स्थानबाट अफगानिस्तानका राष्ट्रपतिले भने– अब मुलुक र जनता तालिबानको जिम्मामा

भागेको स्थानबाट अफगानिस्तानका राष्ट्रपतिले भने– अब मुलुक र जनता तालिबानको जिम्मामा

नेपालखबर
साउन ३२, २०७८ सोमबार ७:३३, काठमाडौँ

तालिबान राजधानी काबुल प्रवेश गरेपछि आइतबार देशै छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ गानीले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई सम्बोधन गरेका छन्। 

फेसबुकमा उनले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

यदि आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उनले उल्लेख गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘आज (आइतबार) म निकै कठिन अवस्थामा परेको थिएँ। सशस्त्र तालिबानका लडाकु राष्ट्रपति भवनमा छिर्न चाहन्थे, उनीहरूको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक जसको सुरक्षाका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पिएको छ, त्यसलाई छाडौं?’ 

–​तालिबानद्वारा राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

तर आफू नभागेको भए युद्धमा लाखौं नागरिक मरेको र काबुलमा ठूलो आतंक मच्चिएको हेर्नुपर्ने स्थिति आउने उनले बताएका छन्। 

उनले अगाडि लेखेका छन्, ‘तरबार र बन्दुकको बलबाट तालिबानले जितेको छ। अब मुलुकको प्रतिष्ठा र जनताको ज्यान उनीहरूको जिम्मामा छ।’    

साथै राष्ट्रपति गानीले उनीहरू (तालिबान) ले जनताको मन जित्न नसक्ने दाबी गर्दै उनीहरू  अफगानिस्तानको नाम र इज्जत जोगाउने ऐतिहासिक परीक्षामा रहेको पनि उल्लेख गरेका छन्। 

तर उनले आफू कहाँ छु भन्ने कुरा फेसबुकमा लेखेका छैनन्। 

–​तालिबानको हमलापछि भागेर कहाँ गए अफगानिस्तानका राष्ट्रपति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .