ad ad

राजनीति


तालिबानद्वारा राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

तालिबानद्वारा राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

नेपालखबर
साउन ३१, २०७८ आइतबार २२:४७, काठमाडौँ

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। आइतबार अपरान्ह राष्ट्रपति असरफ गानी आफ्ना सहयोगीहरुसहित मुलुक छाडेर भागिसकेका छन्। 

राष्ट्रपति भवनमा गानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि उनी देश छाडेर ताजिकिस्तानतर्फ लागेको बताइएको छ।

अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

अमेरिकी सेनाले छाडेको ४५ दिनमै पुरै अफगानिस्तान तालिबानको कब्जामा गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .