ad ad

राजनीति


तालिबानको हमलापछि भागेर कहाँ गए अफगानिस्तानका राष्ट्रपति?

तालिबानको हमलापछि भागेर कहाँ गए अफगानिस्तानका राष्ट्रपति?

फाइल तस्बिर: अफगानिस्तानका राष्ट्रपति असरफ गानी


नेपालखबर
साउन ३२, २०७८ सोमबार ७:८, काठमाडौँ

विद्रोही संगठन तालिबान राजधानी काबुल प्रवेश गर्नासाथ आइतबार अफगानिस्तानका राष्ट्रपति असरफ गानी मुलुक छाडेर भागेका छन्। साथै उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको रिपोर्ट आएको छ। 

तालिबान काबुलमा छिरेपछि अफगान अधिकारीले पत्रकारसँग राष्ट्रपति भागेको जानकारी गराएका थिए। 

सुरुवाती रिपोर्टअनुसार राष्ट्रपति गानी ताजकिस्तानतर्फ भागेको जानकारी प्राप्त भएको थियो। तर अलजजिराले रिपोर्ट गरेको छ– राष्ट्रपति गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी तासकन्द गएका छन्। 

अलजजिराले राष्ट्रपतिका व्यक्तिगत बडिगार्डको भनाइ उद्धृत गर्दै यो दाबी गरेको हो। तर अफगान सरकारले यसको पुष्टि गरेको छैन। 

गानी भागेपछि राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान प्रवक्ताको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकी सेना स्वदेश फर्किएको ४५ दिनमै पुरै अफगानिस्तान तालिबानको कब्जामा गएको हो। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .