राजनीति


तल्लो कमिटीसम्मै बहुपदमा जाने माओवादी निर्णय

तल्लो कमिटीसम्मै बहुपदमा जाने माओवादी निर्णय

नेपालखबर
साउन ३१, २०७८ आइतबार १६:५०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ। 

अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरुमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। 

२०६९ साल माघमा मकवानपुरको हेटौँडामा भएको महाधिवेशनबाट माओवादी बहुपदमा गएको थियो। 

त्यसबेला माओवादीको एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो। 

शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले तल्लो कमिटीसम्म बहुपदमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ।

‘माओवादी केन्द्रका सबै समिति बहुपदीय हुने । केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा प्रदेश र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने’, एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला समन्वय समिति हुने, जनआधारित अग्रदस्ता निर्माण गरिने र अध्यक्ष प्रचण्डकै नेतृत्वमा विचारको विकास र सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad