ad ad

राजनीति


६० देशका ७५ वटा कम्युनिष्ट पार्टीको बैठक टर्कीमा जारी

६० देशका ७५ वटा कम्युनिष्ट पार्टीको बैठक टर्कीमा जारी

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १३:३७,

विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको २१औँ बैठक टर्कीमा जारी छ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मुल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सवः शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ।

बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन्। बैठकमा नेपालकाे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहभागी छ।

बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले आ–आफ्ना देशकाे मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएका थिए। उनले नेकपाले नेपालकाे माैलिक विशेषता अँगालेकै कारण शक्तिशाली पार्टी बन्न सकेकाे धारणा राखे।

b-rijal.jpg

विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ।

बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ। शुक्रबार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ।

मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो। २५ वटा कम्युनिष्ट पार्टी रहेकाे वर्किङ ग्रुपमा नेकपा सदस्य छ।


 bishnu-r.jpg

निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .