ad ad

राजनीति


गृहयुद्ध चर्किँदै गएपछि अफगानिस्तानले भारतसँग राष्ट्रसंघमा बैठक बोलाउन आग्रह गर्‍यो

गृहयुद्ध चर्किँदै गएपछि अफगानिस्तानले भारतसँग राष्ट्रसंघमा बैठक बोलाउन आग्रह गर्‍यो

अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मार र भारतीय समकक्षी एस जयशंकर


नेपालखबर
साउन २०, २०७८ बुधबार १४:१७, काठमाडौँ

अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरेर अफगानिस्तानमा गहिरिँदै गएको गृहयुद्धको मामिलामा आपतकालीन बैठक आयोजना आग्रह गरेका छन्।

अत्मारले अफगानिस्तानमा हिंसा कम गर्ने र शान्ति प्रक्रियाको विषयलाई केन्द्रमा राखेर बैठक आयोजना गर्न आग्रह गरेका हुन्।

जयशंकारसँग भएको कुराकानीबारे उनले ट्विटमा भनेका छन्,‘भारतीय विदेशमन्त्रीसँग राष्ट्रसंघ सुरक्षा परिषदमा अफगानिस्तानसँग सम्बन्धित आपतकालीन बैठक आयोजना गर्ने विषयमा टेलिफोनमा कुराकानी गरेको छु। राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा र अत्याचार रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्।’

भारतले अगष्ट अर्थात् यस महिनाको लागि राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गरिरहेको छ।

यसैबीच सुरक्षा परिषदमा हालै सम्पन्न भएको बैठकमा अफगानिस्तानको हेरात शहरमा तालिबानले गरेको आक्रमणको निन्दा भएको छ। 

राष्ट्रसंघको सहायता मिसनको प्रान्तीय मुख्यालय नजिकै आक्रमण भएपछि तालिबानको निन्दा गरिएको हो।

अहिले तालिबानले देश नै आफ्नो नियन्त्रणमा लिने लक्ष्यका साथ आक्रमण गरिरहेका छन्। यसबीचमा अफगानिस्तानको रक्षामन्त्रीको निवास र राष्ट्रपतिको भवन नजिकै पनि आक्रमण भएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .